Logo

१८ चैत,काठमाडौं । डिजिटल हिंसाको शिकार भएकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी दिएका हुन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा उनीले दिएका अभिव्यक्तिसँग सम्बन्धित धम्की र गालीगलौचपछि पराजुलीले उजुरी दिएकी हुन्।

उनीमाथि सामाजिक सञ्जालमा बलात्कारसम्मको धम्कीसमेत आएकाले उनले उजुरी दिएको बताइएको छ। पराजुलीले ती धम्कीपूर्ण कमेन्ट र मेसेज संकलन गरेर राखेकी थिइन् र त्यसको आधारमा सम्बन्धित व्यक्तिहरूलाई कारबाही हुनुपर्ने माग गरेकी छन्।


सम्बन्धित समाचार