१८ चैत,काठमाडौं । प्रि–मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार फागुन १५ देखि जेठ १५ गतेसम्मको समयलाई प्रि–मनसुन मानिन्छ। यस अवधिमा सामान्यतया २२६ मिलिमिटर वर्षा हुने भए पनि हालसम्म ७७ दशमलव ५ मिलिमिटर अर्थात् करिब २९ दशमलव ५ प्रतिशत वर्षा भइसकेको छ, जुन औसतभन्दा करिब २० प्रतिशतले बढी हो।
हाल देशभर सामान्य बदलीको अवस्था रहेको छ। विभागका अनुसार भोलि बिहीबारसम्म मौसम सामान्यतया सफा रहनेछ भने पर्सि शुक्रबारदेखि पुनः वर्षा हुने सम्भावना रहेको छ।
मौसममा निरन्तर परिवर्तन भइरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

















