Logo

२३ चैत,काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले संसदमा प्रतिपक्षको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले प्रतिपक्षीको आवाजलाई दबाउने प्रयासले ठूलो समस्या निम्त्याउन सक्ने चेतावनी दिए।

सांसद केसीले भने, “संसदको भिमकाय स्वरुप जति ठूलो भए पनि प्रतिपक्षको आवाज प्रतिपक्षको आवाज नै हो। त्यसलाई नियन्त्रण गर्न खोजियो भने आगोको झिल्को जति सानो भएपनि त्यो आगोको झिल्को नै हुन्छ।”

उनले संवाद र सहमतिमार्फत विश्वव्यापी रूपमा स्थापित लोकतान्त्रिक मूल्य र संसदीय परम्परा मजबुत बनाउनुपर्नेमा जोड दिए। पुराना गलत मानकहरू परिवर्तन गरी नयाँ मानकहरू स्थापित गर्नुपर्नेमा पनि उनले बल दिए।

सांसद केसीले विश्वास व्यक्त गर्दै भने कि संसद पूर्णरूपमा उत्पादक र परिणाममुखी बन्न सक्नेछ र जनताको उर्लिएको आकांक्षालाई सम्बोधन गर्न सफल हुनेछ।


सम्बन्धित समाचार