Logo

२३ चैत, काठमाडौं । नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी संघीय संसद्को माथिल्लो सदन, राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँलाई सर्वसम्मत रूपमा उपाध्यक्ष चयन गरिएको औपचारिक घोषणा गरियो । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएर सदनमा प्रवेश गर्नुभएकी भण्डारीले छोटो समयमै संसद्को गरिमामय नेतृत्वदायी भूमिका प्राप्त गर्नुभएको हो । उहाँको निर्वाचित प्रक्रियामा अन्य कुनै उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो, जसलाई सदनमा रहेका विभिन्न राजनीतिक दलहरूको साझा सहमतिको परिणामका रूपमा हेरिएको छ ।

उपाध्यक्षमा निर्वाचित भएलगत्तै राष्ट्रिय सभाका सदस्यहरूले उहाँलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। बैठकमा उपस्थित सांसदहरूले भण्डारीको चयनले सदनको कार्यसम्पादनमा सन्तुलन र प्रभावकारिता थपिने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिमको प्रादेशिक राजनीतिबाट राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति जनाउनुभएकी भण्डारीले अब सभाको अध्यक्षता गर्ने र संसदीय प्रक्रियालाई अघि बढाउने महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुहुनेछ । संसद्मा दलीय समीकरण र राजनीतिक धु्रवीकरणका बीच उहाँको निर्विरोध चयनलाई सुखद राजनीतिक संयोगका रूपमा लिइएको छ।


सम्बन्धित समाचार