Logo

२३ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्‍मा मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) मा हेरफेर गरिएको छ ।

सरकार गठन भएको छोटो समयमै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याबिनेटको यो नयाँ मर्यादाक्रम निर्धारण गर्नुभएको हो । यस हेरफेरले मन्त्रिमण्डल भित्रको शक्ति सन्तुलन र कार्यसम्पादनको प्राथमिकतालाई नयाँ ढंगले परिभाषित गरेको देखिएको छ ।

वरीयताको यो नयाँ दौडमा यसअघि तेस्रो स्थानमा रहनुभएका प्रभावशाली मन्त्री सुदन गुरुङ दुई स्थान तल झरेर पाँचौँ नम्बरमा पुग्नुभएको छ । गुरुङको स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो वरीयतामा उक्लिनुभएको छ । यो परिवर्तनलाई सरकारको कुटनीतिक र ऊर्जा क्षेत्रप्रतिको बढ्दो प्राथमिकताका रूपमा विश्लेषण गरिएको छ ।

पछिल्लो हेरफेरमा सबैभन्दा रोचक पक्ष मन्त्री सीता वादीको सुधार देखिएको छ । यसअघि १५ औँ स्थानमा रहनुभएकी वादी सात स्थान माथि उक्लिँदै आठौँ मर्यादाक्रममा आइपुग्नुभएको छ । उता श्रममन्त्री साह भने मन्त्रिपरिषद्को सबैभन्दा पुछारको वरीयतामा रहनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी नयाँ सूचीअनुसार अब क्याबिनेट बैठकमा मन्त्रीहरूको आसन र औपचारिक कार्यक्रमको मर्यादाक्रम यही नयाँ व्यवस्थाअनुसार हुनेछ ।


सम्बन्धित समाचार