२६ चैत,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन एकमहिने सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित सूचनामा कारागार शाखाको नाममा दर्ता रहेको जग्गामा गैरकानूनी रूपमा बनाइएका संरचना हटाउन निर्देशन दिइएको हो।
सूचनाअनुसार कलैया उपमहानगरपालिका वडा नं। ४ ९साविक कलैया गाविस वडा नं। ५० स्थित कारागार शाखा कार्यालय, कलैयाको नाममा दर्ता भएका कि।नं। १०३, १०२ र ४४४ नम्बरका सरकारी जग्गामा लामो समयदेखि विभिन्न व्यक्तिहरूले स्थायी तथा अस्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएको पाइएको छ।
जिल्ला प्रशासनले गरेको अनुसन्धान, स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा उक्त अतिक्रमण पुष्टि भएको जनाइएको छ। साथै, कुनै पनि सरकारी निकायसँग औपचारिक सम्झौता नगरी व्यक्तिहरूले आफूखुशी बसोबास तथा संरचना निर्माण गरेको पाइएकाले सो कार्य प्रचलित कानून विपरीत भएको सूचनामा उल्लेख छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ उपदफा ६ ९क० बमोजिम सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सबै संरचना हटाउन निर्देशन दिइएको छ। तोकिएको समयसीमाभित्र अतिक्रमण नहटाएमा प्रचलित कानूनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

















