२७ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
प्रतिनिधि सभाको बैठकअघि बसेको रास्वपा संसदीय दलको बैठकले ठाकुरको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले उक्त जानकारी दिएका छन्।
उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन्।
आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची तय गरिएको छ। त्यसअघि दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

















