Logo

 १ वैशाख,वीरगञ्ज । नयाँ वर्ष २०८३ को अवसरमा पर्यटकको भीड लाग्ने अपेक्षा गरिएको वीरगञ्ज नजिकको भिस्वा डाँडा यसपटक भने सुनसान देखिएको छ ।

एक समय लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनिएको उक्त स्थान पछिल्ला केही वर्षदेखि उपेक्षित बन्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय बासिन्दा तथा घुम्न आएका पर्यटकका अनुसार आवश्यक पूर्वाधारको अभाव, सरसफाइमा कमजोरी र व्यवस्थापनको कमीका कारण भिस्वा डाँडाको आकर्षण घट्दै गएको हो । “पहिला नयाँ वर्षमा यहाँ निकै भीड हुन्थ्यो, अहिले त झन् सुनसान छ,” एक स्थानीयले बताए ।

पर्यटकहरूका अनुसार डाँडासम्म पुग्ने बाटो भए पनि बस्ने, खानपान तथा मनोरञ्जनका पर्याप्त सुविधा नहुँदा आन्तरिक पर्यटक आकर्षित हुन सकेका छैनन् ।

कुनै समय रमाइलो गन्तव्य मानिएको भिस्वा डाँडा अहिले जर्जर बन्दै गएको देखिन्छ । समयमै मर्मतसम्भार र उचित व्यवस्थापन नगरेमा यो स्थान पूर्ण रूपमा ओझेलमा पर्न सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै