Logo

११ वैशाख,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत(निजी) बिद्यालयहरुलाई बिद्यार्थिहरुसँग लिईरहेको शुल्क देखाउँन माग गरेको छ ।

संस्थागत बिद्यालयहरुको नाममा एक सुचना जारी बिद्यालयले बिद्यार्थीसँग लिईरहेको बार्षिक र मासिक शुल्क ,परिक्षा ,प्रमाणपत्र ,कम्प्युटर ,परिवहन र बिशेष प्रशिक्षणको रकम लिखित रुपमा देखाउँन पत्र लेखेको छ ।

शुल्कको सुची र शैक्षिक सत्र २०८० मा लागु भएका कक्षागत पाठ्यपुस्तकको पब्लिकेशनको नाम सहित बैशाख २० गते सम्म पेश गर्न अनुरोध गरेको छ । शिक्षा महाशाखाका अधिकृत हरिश प्रसाद भट्टले संस्थागत बिद्यालयले लिरहेको शुल्क र अपनाईरहेको कक्षागत पाठ्यपुस्तकको बिषयमा जानकारी लिन बिद्यालयहरुसँग यस्तो सुचना माग गरिएको जानकारी दिनुभयो ।

प्राप्त हुने जानकारीले उपमहानगरपालिकालाई बिद्यालयहरुको शुल्कको मापदण्ड निर्धारण गर्न र अगामी दिनमा अन्य गतिबिधि गर्न सहज पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार