७ वैशाख,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरिएको छ।
बैठकमा पार्टीका पछिल्ला गतिविधिको ब्रिफिङसँगै केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुने छ। यस क्रममा २० जना सदस्यलाई प्रत्येकलाई २ मिनेटको समय छुट्याइएको छ।
त्यस्तै, महाधिवेशन कार्यविधिको मस्यौदा, विधान संशोधन, तथा स्थानीय तहका उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धी विषयमा पनि छलफल हुनेछ।
बैठकमा प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदानको अधिकार दिने प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ। साथै सचिवालयका निर्णयहरूको अनुमोदनसमेत एजेन्डामा समावेश छ।
रास्वपाले विभिन्न विषयमा तीन वटा प्रस्तावसमेत छलफलका लागि प्रस्तुत गर्ने जनाएको छ। यस्तै, विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचार, विषयगत विभागको योजना तथा नीति मन्थन, र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।

















