Logo

१२ वैशाख,कलैया । बाराको प्रसौनी गाउँपालिकाका वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वडा नम्बर–६ का वडाध्यक्ष वृजकिशोर कुशवाहालाई आज पक्राउ गरेको हो ।

स्थानीय विद्यालयका शिक्षक र प्रधानाध्यापकसँग झै–झगडा गरेकाले वडाध्यक्ष कुशवाहालाई सोधपुछको लागी नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार