Logo

११ वैशाख,काठमाडौं ।  काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोले कारबाहीका क्रममा गोली चलाएको हो।

परिसरका एसपी पवन कुमार भट्टराईले घटनाबारे जानकारी दिँदै लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाइएको पुष्टि गरे। उनले कति राउन्ड गोली चलाइएको हो भन्ने विवरण भने यकिन भइनसकेको बताए।

प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ।


सम्बन्धित समाचार