Logo

११ वैशाख,काठमाडौं ।  उद्योगी शेखर गोल्छाविरुद्ध थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो। हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष रहेका गोल्छामाथि सेयर कारोबारमा मिलेमतो गरी कानुन उल्लंघन गरेको आरोप छ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो। प्रतिवेदनमा गोल्छासहित केही व्यक्तिहरूको मिलेमतोमा धितोपत्र ऐनका विभिन्न दफाअन्तर्गत कसुर भएको आशंका गरिएको उल्लेख छ।

यसैबीच, विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहितको समूहको सेयर कारोबारसम्बन्धी विषयमा पनि धितोपत्र बोर्डले जाँचबुझ प्रतिवेदन तयार पारेको छ, जसमा गोल्छासहित ६ जनाको संलग्नता हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाएको र थप विवरण संकलन भइरहेको जनाएको छ।


सम्बन्धित समाचार