Logo

१५ बैशाख,सेढवा । प्रदेश सभासदस्य शंकर प्रसाद चौधरीले आफ्नो क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवमा जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका प्रदेश सभा सदस्य चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको हो ।

कार्यक्रमका सभापति जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताउनुभयो । गाउँपालिकाको बासिन्दालाई अब वीरगञ्ज चितवनको सेवा गाउँमै लिन पनि अब नागरिकलाई सहज हुने उहाँको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेखा चौधरी, वडाअध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, राजेश्वर महतो, दारा सिंह, नेपाली काङ्ग्रेस जिराभवानी सभापति मनमोहन चौधरी, समाजसेवी ब्रह्मानन्द चौधरी, स्वास्थ शाखा प्रमुख अजय दास लगायत स्वास्थकर्मी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार