
१५ वैशाख,वीरगञ्ज । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गर्नुभएको छ । भने अर्का सांसद उपेन्द्र यादव शपथ ग्रहणमा अनुपस्थित रहनुभयो । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित रहनुभएको हो ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको थियो । लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नुभएको हो ।