Logo

२९ बैशख, काठमाडौं । काठमाडौँको माइतीघर मण्डलमा मंगलबार मिर्गौलापीडितहरूले आफ्ना विभिन्न मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा पीडितहरूले विशेषगरी स्वास्थ्य बिमामा लागू गरिएको १० प्रतिशत ‘को–पेमेन्ट’ व्यवस्था तत्काल खारेज गर्न माग गरेका छन्, जसले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई उपचारमा थप आर्थिक बोझ थपेको उनीहरूको गुनासो छ ।

यसका साथै, सरकारले मिर्गौला रोगीहरूलाई उपलब्ध गराउने भनेको मासिक पाँच हजार रुपैयाँ भत्ता हालसम्म पनि सबै बिरामीले नियमित रूपमा नपाएको भन्दै उनीहरूले अविलम्ब भुक्तानीको सुनिश्चितता गर्न माग गरेका छन् ।

‘मिर्गौला दान, जीवन दान’ र ‘अंग दान, पुण्य काम’ जस्ता सन्देशमूलक प्लेकार्डसहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) भएका व्यक्तिहरूबाट हुने अंगदान प्रक्रियालाई कानुनी र व्यवहारिक रूपमा थप प्रभावकारी बनाउन समेत सरकारसँग जोडदार माग राखेका छन् ।


सम्बन्धित समाचार