Logo

१५ वैशाख, वीरगञ्ज ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्।

आज होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका कुरा बताएका हुन्।

होटल पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।’

‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ,’ मन्त्री किरातीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो। यो जनताको आक्रोस हो। मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो।’

साथै, उनले राजनीतिमा धेरै विभाजन आएको भन्दै देशलाई संकटबाट मुक्त गर्नका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत आह्वान गरे।


सम्बन्धित समाचार