Logo

१ जेठ,काठमाडौं ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा आज बिहान एउटा वयस्क भाले गैँडा मृत अवस्थामा फेला परेको छ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा गैँडा मृत फेला परेको हो।

अधिकारीका अनुसार मृत फेला परेको गैँडाको खाग र खुर सुरक्षित अवस्थामा रहेको छ। प्रारम्भिक निरीक्षणमा शरीरमा कुनै स्पष्ट चोटपटक नदेखिएकाले मृत्युको कारण हालसम्म खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ। वन प्राविधिक तथा सम्बन्धित निकायहरूले घटनास्थलको अध्ययन गरी कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।


सम्बन्धित समाचार