१३ जेठ, कलैया (बारा) । सार्वजनिक जमिन र सीमा विवादको विषयलाई लिएर बाराका दुई छिमेकी स्थानीय तहका नगर प्रहरीहरू बीच सडकमै मुठभेड (झडप) भएको छ । कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूबीच मङ्गलबार साँझ सिस्वा–महेशपुर क्षेत्रमा झडप भएको हो । संघीय सरकारको बजेटमा निर्माणाधीन एक आयोजनाको सीमालाई लिएर दुवै