२९ वैशाख, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुन वितरण प्रणाली साना व्यवसायीहरूको पहुँच बाहिर रहेको भन्दै व्यवसायमैत्री व्यवस्था गर्न सरकारसँग माग गरेको छ। संघर्ष समितिका संयोजक विपिन रामुदामुको नेतृत्वमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको ९ बुँदे ध्यानाकर्षणपत्रमा सुनको सुलभ पहुँच, व्यवसायको पारदर्शिता, क्षेत्रीय समानता, तथा