Logo
सुन वितरणलाई व्यवस्थित गर्न व्यवसायीले गरे राष्ट्र बैंकको ध्यानाकर्षण

६ जेठ, काठमाडौं । सुनको अभावका कारण व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कारीगर संघ संघर्ष समितिले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । संघले राष्ट्र बैंकको “विदेशी विनिमय व्यवस्थापन विभाग” लाई पत्र लेखेर सुन वितरण प्रणालीमा देखिएको असमानता र जटिलताले व्यवसायीहरू मारमा परेको बताएको छ।