५ जेठ, माडी चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडको बीचमा जङ्गल, पहाड र कञ्चन खोलानालाले घेरिएको एउटा सुन्दर उपत्यका हो— माडी। चितवन आउने पर्यटकका लागि पछिल्लो समय माडी एउटा आकर्षक र अनिवार्य गन्तव्यका रूपमा उदाएको छ। चारैतिरको प्राकृतिक मनोरम दृश्य, जैविक विविधता, धार्मिक तथा ऐतिहासिक धरोहर र रैथाने