Logo
पर्साका वन क्षेत्रमा एक सातादेखि डढेलो: करोडौंको क्षति, धुवाँले बस्तीमा…

९ वैशाख, सेढवा (पर्सा) । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय पर्साअन्तर्गतका वन क्षेत्रमा लागेको डढेलो एक साता बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । लामो समयदेखि जारी आगलागीका कारण करोडौं मूल्य बराबरका काठ, बोटबिरुवा र जडीबुटी नष्ट हुनुका साथै जङ्गलसँग जोडिएका दर्जनौं बस्तीमा स्वास्थ्य संकट सिर्जना भएको छ