२ बैशाख, काठमाडौँ । नागरिकको कानुनी पहिचान र राज्यको तथ्याङ्कीय आधारलाई मजबुत बनाउन आजदेखि मुलुकका सात सय ५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाइमा सुरु भएको यस अभियानले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ जस्ता महत्वपूर्ण घटनाहरूलाई समयमै सरकारी अभिलेखमा