Logo

१२ असोज,काठमाडौं । क्युबामा हालै आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुँदा १० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् ।क्युबामा आएको इयान नामक आँधीका कारण एक जनाको मृत्युको भएको छ । साथै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ।

यसैबीच क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले आँधी प्रभावित क्षेत्रको समेत भ्रमण गर्नु भएको छ । उहाँले बाढी प्रभावितहरुका लागि उचित ब्यवस्थापन र क्षतिपूर्ति उपलब्ध गराउन समेत निर्देशन दिनुभएको छ ।आँधीले क्युबाको जनजीवन अस्तब्यस्त बनेपछि त्यहाँका ६ वटा क्षेत्रमा आपत्कालको समेत घोषणा गरिएको छ । आँधी प्रभावित क्षेत्रमा बाढी र पहिरो आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ ।

आँधी १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा अहिले फ्लोरिडातर्फ अघि बढिरहेको जनाइएको छ । सोही आँधी मंगलबारदेखि मेक्सिकोको दक्षिण–पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको हो ।फ्लोरिडामा ५ हजार राष्ट्रिय गार्डलाई तयारी अवस्थामा राखिएको छ ।


सम्बन्धित समाचार