Logo

१३ असोज, वीरगन्ज । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । आज बिहीबार एक अमेरिकी डलर किन्न १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्ने भएको छ । युरोको मूल्य भने १२५ रुपैयाँ ७९ पैसामा झरेको छ ।डलरको भाउ उच्च हुँदा विदेशबाट रेमिट्यान्स पठाउने नेपाली कामदारहरुलाई फाइदा हुन्छ भने निर्यात ब्यापारलाई पनि फाइदा पुग्छ ।

तर, पेट्रोलियम पदार्थलगायत आयात गरी ल्याइने सामानको मूल्य भने बढ्दा देशभित्र महँगीको मार पर्ने छ ।डलर बढ्दा पर्यटन क्षेत्रलाई पनि राहत पुग्ने छ । नेपाल जस्तो आयातमा निर्भर देशका लागि डलरको भाउ वृद्धिले ब्यापार घाटा वृद्धि गर्ने छ । विदेशबाट कच्चा पदार्थ ल्याएर सञ्चालन भईरहेका उद्योगहरुको लागत पनि बढ्ने छ ।


सम्बन्धित समाचार