Logo

२० असोज, वीरगन्ज । नेपाली कांग्रेसभित्र सीट बाँडफाँटमा असन्तुष्ट रहेको डा.शेखर कोइराला समूहको भेला सुरु भएको छ ।बिहिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याडमा भेला सुरु भएको हो । सोही भेलालमा संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदको विषयमा छलफल हुने भएको छ ।

आगामी ४ मंसिर गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग छुट्टै भेला समेत गर्दै आएको छ।समानुपातिक बन्द सूचीमा एकलौटी निर्णय गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम समेत गरेको थियो ।


सम्बन्धित समाचार