Logo

२३ असोज, वीरगञ्ज ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रतिनिधिसभाका उम्मेदवार तय गरेको छ । सत्ता गठबन्धनसँगको तालमेलमा पाएको ७ सिटमा लोसपाले उम्मेदवार खडा गरेको हो । सप्तरी १ मा जयप्रकाश ठाकुुर, धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरदसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्ण उम्मेदवार भएका छन् ।

सत्ता गठबन्धन र लोसपाबीच सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । सर्लाही २ मा सत्ता गठबन्धनबाट माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष महिन्द्रराय यादव उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धनमा लोसपाका वरिष्ठ नेता महतोले मात्र साथ नपाउने भएका छन् । ०७४ मा चुनाव जितेको धनुषा ३ अनिल झालाई छाडेर महतो सर्लाही २ मा उम्मेदवार बन्ने भएका छन् । यस्तै ०७४ मा रौतहट १ बाट जितेका झा धनुषा ३ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएका छन् ।


सम्बन्धित समाचार