Logo

२४ असोज, वीरगन्ज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिनेछ ।

उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिनेछ । जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने कार्यतालिका रहेको छ । त्यस्तै २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली आयोगले प्रकाशन गर्नेछ। आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशैभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गरेका थिए।


सम्बन्धित समाचार