Logo

२४ असाेज वीरगञ्ज ।

अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज सिमानाका हुदै भित्राउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन महिला सहित २८ लाख ५६ हजार रुपियाँ वरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले रजतजयन्ती चोक स्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारत रक्सौल देखि बिरगंज तर्फ आउँदै गरेकी नुवाकोट जिल्ला शिखरवेसी वडा नं ७ बस्ने बर्ष ४५ की अनिता तामाङ्ग र निजको साथमा आएकी धादिङ्ग घर वताउने बर्ष ३० की मन्जु तामाङ्गले बोकी ल्याएको झोला खानतलासी गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार अनिता तामाङ्गको साथबाट भारतिय २ हजारको नोट ५५ थान र ५०० को नोट ५ हजार ३८० थान गरी २८ लाख भारतीय रुपियाँ फेला परेका छ ।

त्यसैगरी मन्जु तामाङ्गको साथबाट भारतीय ५ सयका नोट ५६ हजार नगद वरामद भएको छ । उनीहरुको साथबाट वरामद भएको भारतीय रकमको स्रोत नखुले प्रहरी नायव उपरिक्षक गिरीले वताउनु भयो । अनिता र मंजुको साथमा आएकी नुवाकोट सिख्रावेशी घर वताउने बर्ष ४४ की सरिता अग्रवाललाई समेत प्रतिवन्धित भारतीय रुपियाँ ल्याउने कार्यमा उनीको समेत संलग्नता देखिएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले तीन जना महिला र उनीहरुको साथबाट वरामद भएको प्रतिवन्धित भारतीय रुपियाँ सहित अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा सोमवार बुझाएको छ ।


सम्बन्धित समाचार