Logo

२६ असोज, वीरगन्ज । निर्वाचन आयोगले गत आइतबार प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ ।उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिइएको छ ।

त्यसपछि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले दिउँसो ३ बजेसम्ममा गर्नेछ ।अन्तिम नामावली प्रकाशन भएलगत्तै बुधबार नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई बुधबार नै चिन्ह दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।निर्वाचन आयोगले मंगलबार प्रतिनिधि सभातर्फ २ हजार ५३१ जना र प्रदेशसभार्तफ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको जनाएको छ ।


सम्बन्धित समाचार