Logo

कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ र आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ । मनुष्यलगायत सम्पूर्ण चराचर जगतको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन ।

यसैले प्राणीलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई अति नै कष्ट प्रदान गर्दछ अनि उसको जीवन स्वतः संघर्षसँग गाँसिन पुग्छ । हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरू मध्ये आकाशमा हेर्दा औंल्याउन नसकिने २ वटा ग्रहः राहु र केतुलाई छायाँग्रह भन्ने गरेको पाइन्छ ।

ज्योतिष शास्त्रको यस प्रमाणले पनि कालसर्प योग यस्तै अवस्थालाई भनिन्छ भन्ने पुष्टि गरेको छ । कालसर्प योग भएमा वंशनाश नै हुन्छ भनिएको पाइन्छ तर व्यवहारमा भने यस्तो भेटिँदैन । कालसर्प योग भएको मानिसको जिवनमा भने संघर्ष धेरै नै हुने गर्दछ । धेरै संघर्ष हुने भएकाले नै लाक्षणिक रुपमा वंश नाश हुन्छ भनेको हुन सक्ने देखिन्छ ।

ज्योतिष शाास्त्रमा यस्ता हजारौँ योगहरु को वर्णन गरिएको पाइन्छ । राजयोग, महाराज योग, धनयोग, दरिद्र योग, मृत्यु योग, अल्पमृत्यु योग, रोग योग जस्ता योगहरु नाम अनुसार नै फल दिने गर्दछन् । कुण्डलीको १२ भावमा बसेका ग्रहहरुको आधारमा नै यस्तै विभिन्न योगहरु निर्माण हुने गर्दछन् ।

कालसर्प योग पनि कुण्डली हेरेर पत्ता लगाउन सकिन्छ । राहु र केतु ग्रहको एकातिर माात्र नै सबै ग्रहहरु भएको अवस्थालाई कालसर्प योग भनिन्छ । यस योगलाइ पुर्वजन्म का विविध दोषहरु पनि मान्ने गरिन्छ । पितृदोष , नागदोष आदि मानिन्छ । राहु र केतु को एकातर्फ मात्र नै सबै ग्रहहरु हुँदा यस्तो योग बन्ने भएकाले कुनै समयमा यो १५ दिन सम्म लगातार जन्मिने सबै मानिसहरुमा पर्न सक्ने देखिन्छ भने यो भन्दा बढी अवधीमा पनि चन्द्रमा को अवस्थाका कारण आंशिक कालसर्प योग हुने गर्दछ ।

पृथ्वी नारायण शाहको पनि कुण्डलीमा कालसर्प योग भएको मानिन्छ उहाँको योगदानलाई कसैले विर्सुँ भन्दा पनि नसिकिने नै छन् त्यसकारण कालसर्प योग पर्यो भन्दैमा डराउनु पर्ने भने देखिँदैन । यस योगलाई पनि भङ्ग गर्ने धेरै उपायहरु छन् । जस्तै केन्द्रमा कुनै ग्रह स्वगृही वा उच्चको भएर बसेको अवस्थामा , चन्द्रमा र बृहस्पति सँगै भएको अवस्थामा पनि कालसर्प योग भंग हुने गर्दछ । यसका अलावा पनि यस योगको प्रभाव प्रभावहिन हुने निकै अवस्थाहरु हुने गर्दछन् । कालसर्प योगको प्रभाव आफ्नो कुण्डलीमा कतिको छ भन्ने कुरा भने जान्ने ज्योतिषीलाई देखाएपछि मात्र थाहा हुने गर्दछ । यस योग भएका मानिसहरुले सपनामा पनि नाग तथा सर्पहरुलाई देख्ने गर्दछन् ।

कालसर्प योग भएका मानिसहरु निकै ठूला व्यक्ति बन्न सक्ने भएकाले यो योग पर्दैमा आत्तिनु भने पर्दैन । यसले जीवनमा चाहिँ निकै ठूलो संघर्ष दिने गर्छ । त्यसैले यसको शान्ति गर्दा यसको नराम्रो प्रभाव कम हुने शास्त्रको मान्यता रहेको छ ।यसको शान्तिको लागि विधान अनुसार रुद्रि, हवन र नाग पुजा गरि खोलामा लगेर नागलाई बगाउने गरिन्छ ।

कालसर्प योग १२ प्रकारका छन्

अनन्त काल सर्प योग – सूर्य, मंगल, शनि, शुक्र, बुध, बृहस्पति र चन्द्रमा राहु र केतुको बीचमा वा केतु र राहु आरोहीबाट सातौं घरबाट अवस्थित भएमा अनन्त नामको काल सर्प योगको निर्माण हुन्छ। यस योगबाट पीडित व्यक्तिको व्यक्तित्व र दाम्पत्य जीवन कमजोर हुन्छ। प्रथम र सातौं घरको बीचमा कालसर्प योगमा जन्मेको व्यक्ति स्वतन्त्र विचारशील, निडर र आत्मसम्मान सधैं उच्च राख्छ तर जीवनमा संघर्ष गर्नुपर्छ।

कुलिक काल सर्प योग – दोस्रो देखि आठौं घरमा राहु केतु वा केतु राहुको बीचमा सबै ग्रहहरू अवस्थित भएमा कुलिक काल सर्प योग बन्छ। यो योगबाट पीडित व्यक्तिले धन र स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्नेछ।

वासुकी काल सर्प योगः राहु केतु वा केतु राहुको बिचमा तेस्रो देखि नवौं घरमा सबै ग्रह अवस्थित भएमा वासुकी काल सर्प योगको निर्माण हुन्छ। यो योगको कारणले व्यक्तिलाई दाजुभाइ तथा बाबुको दिशामा समस्या आउँछ र बलमा कमी आउँछ।

शंखपाल काल सर्प योग – राहु केतु वा केतु र अन्य सात ग्रह चौथो देखि दशौं घरमा राहुको बीचमा अवस्थित भएमा शंखपाल नामको कालसर्प योग बन्छ। यसका कारण मातृ सुखमा ह्रास, व्यापारमा अवरोध, पद तथा प्रतिष्ठामा ह्रास आउन सक्छ।

पद्मकाल सर्प योग – जब सबै ग्रहहरू राहु(केतु वा केतु(राहुको बीचमा पाँचौं र एघारौं घरको बीचमा हुन्छन्, तब पद्म नामक कालसर्प योगको निर्माण हुन्छ। यसबाट पीडित व्यक्तिको पढाइ, सन्तान सुख र स्नेह सम्बन्धमा ह्रास आउन सक्छ।

महापद्म काल सर्प योग – ६ देखि १२ औं घरमा राहु केतु वा केतु राहुको बीचमा रहेका सबै ग्रहहरूको स्थितिले काल सर्प योगलाई महापद्म भनिन्छ। यस योगको कारणले व्यक्तिलाई धेरै रोग, ऋण र शत्रुको सामना गर्नु पर्ने हुन्छ।

तक्षक काल सर्प योगः सातौंदेखि प्रथममा राहु केतु वा केतु राहुको बीचमा सबै ग्रहहरू अवस्थित भएमा तक्षक नामको कालसर्प योगको निर्माण हुन्छ। यो योगको कारणले गर्दा दाम्पत्य जीवन दुखी रहन सक्छ। उसले साझेदारीमा घाटा पनि बेहोर्न सक्छ।

कर्कोटक कालसर्प योग – आठौं घरदेखि दोस्रो घरको बीचमा राहु केतु वा केतु राहुका बीचमा रहेका सबै ग्रहहरूको स्थितिले कर्कोटक नामको कालसर्प योग बनाउँछ। यसबाट पीडित व्यक्तिको जीवन बिग्रन सक्छ। यस बाहेक तपाईलाई रोग, धन हानि वा वाणी दोष सम्बन्धी समस्याबाट गुज्रनु पर्नेछ।

शंखचुड काल सर्प योगः राहुको बीचमा नवौं र तेस्रो घरमा राहु केतु वा केतु रहेको भए शंखचुड नामको काल सर्प योग बन्छ । यस दुर्भाग्यको कारणले भाग्यमा बाधा, काममा समस्या, मुकदमेबाजीले कष्ट भोग्नु पर्नेछ।

घातक काल सर्प योग – यदि सबै ग्रहहरू दशौं र चौथो घरको बीचमा राहु केतु वा केतु राहुको बीचमा अवस्थित छन् भने, घातक काल सर्प योगको निर्माण हुन्छ। यो योगले व्यापारमा हानि, प्रतिष्ठामा हानि, अधिकारीहरूसँग मनमुटाव र सुख शान्तिमा बाधा पुर्‍याउँछ।

विषधर काल सर्प योग – यदि सबै ग्रहहरू एघारौं देखि पाँचौं घरको बीचमा राहु केतु वा केतु राहुको बीचमा बसेका छन् भने, विशधार काल सर्प योग बन्छ। जसका कारणले ज्ञान प्राप्तिमा अवरोध, परीक्षामा असफलता, सन्तानमा खुसी नहुने, अप्रत्याशित हानि आदिको सामना गर्नुपर्ने हुन्छ ।

शेषनाग काल सर्प योग – बाह्रौं देखि कालसर्प सम्म छैटौं घरमा जन्मेका व्यक्तिको आँखा प्राय कमजोर हुन्छ, अध्ययन आदिमा धेरै मेहनत गरेपछि मात्र सफलता मिल्छ। जसका कारण व्यक्ति आफ्नो घर वा देशबाट टाढै बसेर संघर्ष गर्छ ।

कालसर्पयोगका पक्षहरू


वर्तमान समयमा काल सर्पयोगलाई अत्यन्त संयोगका रूपमा व्याख्या गर्ने गरेको पनि पाइएको छ, जसलाई समयमा नै नियन्त्रण गर्नु जरुरी छ । वास्तवमा कालसर्पयोगलाई ग्रह भ्रमणका क्रममा हुने एउटा गतिपरक योगका रूपमा लिई सोको समसामयिक विश्लेषण गरी उपचार गर्नु उचित हुन्छ ।

सामान्यतया देहायका अवस्थालाई मात्र कालसर्पयोग मान्नु पर्ने पर्दछ ?

सबै ग्रहहरू राहु र केतुको बीचमा एकापट्टि मात्र रहेको वा परेको हुनुपर्दछ । यसबारेमा भनिएको पनि छ­यदि सबै ग्रहहरू वा केही ग्रहहरू राहु वा केतुका साथमा रहेको भएमा पनि अंशात्मक रूपमा राहु र केतुको बीचमा सबै ग्रहहरू परेकै हुनुपर्दछ ।

–राहुबाट आठौंंमा शनि परेमा पनि कालसर्पयोगको फल लागू हुन्छ ।
–चन्द्रमाबाट आठौं राहु वा केतु परेमा पनि यस्तै फल प्राप्त हुन्छ ।

कालसर्पयोगको फलका बारेमा चर्चा गर्दा, कुनै एउटा ग्रह राहु वा केतुको घेरा बाहिर परे पनि त्यसलाई आंशिक कालसर्प योग भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तवमा त्यस्तो बाहिर परेको ग्रहले कालसर्प योगको फल दुःखद बनाँउनबाट जोगाँउदछ ।

राहु र केतुको गति सदैव उल्टो देखिने हुनाले लग्नमा राहु भएको अवस्थामा सातौंमा केतु हुन्छ । यस अवस्थामा अन्य सबै ग्रह १२, ११, १०,९ र ८ औं घरमा हुने परिस्थितिलाई वास्तविक कालसर्प योग भनिन्छ र राहुको बाटोमा सबै ग्रह रहने हुनाले यही स्थितिलाई नै मुखगत वा ग्रस्त कालसर्प योग पनि भन्ने गरिन्छ ।


सम्बन्धित समाचार