Logo

७ पुष ,वीरगन्ज । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज सपथ ग्रहण गर्दैछन् । आज दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ ।

त्यसअघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक डाकिएको छ । १२ बजे बस्ने सर्वदलीय वैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई सहभागी हुन संसद सचिवालयले आह्वान गरेको छ ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै १२ वटा राजनीतिक दलका नेताहरूलाई बोलाइएको संसद सचिवालयले जनाएको छ । प्रत्येक दलबाट एक ÷ एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ ।

शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै सुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने गरीने छ ।
प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, जनमोर्चाका १, नेमकिपाका १ र स्वतन्त्र ५ सांसद रहेका छन् ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कुल सदस्यमध्ये अहिलेसम्म मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ जना रहेको छ ।


सम्बन्धित समाचार