Logo

१९ माघ, वीरगञ्ज । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को एकैपटक सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले निकालेको सरुवाको सूची अनुसार पर्साका उपरीक्षक (डीएसपी) दिपक गिरीको जिल्ला प्रहरी कार्यालय मुगुमा सरुवा भएको छ भने पर्सामा नक्साल काठमाण्डौका प्रहरी नायव उपरिक्षक महेश बस्नेत आउनु हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहिबार हाल सरुवा भएको ठाउँबाट माघदेखि नै तलब भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो।यस्तै १३ जना डीएसपीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहिबार उनीहरूको काज सरुवा गरेको हो।
(सूचीसहित) हेर्नुहोस कसको कहाँ भयो सरुवा ?


सम्बन्धित समाचार