Logo

२४ असार, काठमाडौं । प्रतिनिधिसभाका दुई महत्त्वपूर्ण विधेयकहरूले संसदीय प्रक्रियामा प्रवेश पाएका छन् ।

संघीय संसद्को जारी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

संसद्को पूर्ण बैठकले दुवै विधेयकलाई दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । अब यी विधेयकहरू प्रतिनिधिसभाअन्तर्गतका सम्बन्धित संसदीय समितिहरूमा पठाइनेछन्, जहाँ सांसदहरूले प्रत्येक दफामाथि विस्तृत र घनीभूत छलफल गर्नेछन् ।

समितिमा हुने यो छलफलले विधेयकहरूलाई थप परिमार्जित, व्यावहारिक र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार