Logo

२४ असार, काठमाडौं । सरकारले नेपाल सरकारको मुख्यसचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कार्कीलाई निजामती सेवाको सर्वोच्च प्रशासनिक पद ‘मुख्यसचिव’ मा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिवमा नियुक्त गरिएको जानकारी दिएका हुन् । कार्कीको नियुक्तिसँगै अब उनले मुलुकको समग्र प्रशासनिक संयन्त्रको नेतृत्व सम्हाल्ने भएका छन् ।


सम्बन्धित समाचार