Logo

१९ फागुन,काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो।पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए ।

गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए । कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे।

नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ ।


सम्बन्धित समाचार
भर्खरै