२१ फागुन, बारा ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ बिपत राहत कोषमा पुर्ब श्रम तथा रोजगार मन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले ५१ हजार रुपैया सहयोग गर्नुभएको छ ।
बाराको सिमरा स्थित रेडियो सम्पणर्ले आयोजना गरेको होलि मिलन तथा शुभकामना अदान प्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले रु ५१ हजारको चेक जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेलाई हस्तान्तरण गरेका थिए ।
जीतपुरको सिटी मार्केटमा यही माघ २९ गते तार सर्ट भई भएको आगलागीबाट पिडित ब्यवसायीलाई राहत गराउँने उदेश्यले जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ बिपत राहत कोष स्थापना गरिएको थियो । सोही दिन पुर्ब मन्त्री श्रेष्ठले एक महिनाको तलब राहत कोषमा दिने घोषणा गर्नुभएको थियो । तलब लेबी र कर कट्टी गरी रु ५१ हजार रुपैया हुन आएको पुर्ब मन्त्री श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो ।
रेडियो सम्पणर्का प्रबन्ध निर्देशक प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ (अनिल) , माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल ,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का निर्वाचित वडा अध्यक्ष भोजराज खत्री (ईश्वर), वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर खत्री ,वडा नं.११ का वडा अध्यक्ष मोतिलाल साह ,होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा स्वागत मनतब्य बिदुर खड्काले राख्नुभएको थियो ।


















