Logo

२७ फागुन,वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ शनिबारदेखि सुरु भएको छ । परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप प्रतियोगिता सुरु भएको हो ।

परवानीपुर खेल मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिहंले गर्नुभएको हो । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् ।

प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक परवानीपुर युथ क्लब विजयी भएको छ । ट्राइब्रेकरमा बेलखाडी युथ क्लब महोत्तरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै परवानीपुर विजयी भएको खेलकुद आयोजक क्लबका महासचिव दिपक यादवले जानकारी दिए । खेलको म्यान अफ दि म्याच आयोजक क्लबका जर्सी नम्बर ५ का खेलाडी प्रिन्स तम्राकारले पाएका थिए ।

उनलाई स्थानीय हबिब मियाँ र संजय मण्डलले संयुक्त रुपमा नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।
९० मिनेटको निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको छ । प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

यसअघि परवानीपुर युथ क्लबका अध्यक्ष अलिअख्तर आलमको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा नकेपा एमालेका मधेश प्रदेश कमिटिका सदस्य रामपाल यादव , परवानीपुर गाँउपालिकाका अध्यक्ष रमक्षत्री कुर्मी , वडा नम्बर ३ का वडाअध्यक्ष ईब्राहिम मियाँ , वीरगन्ज महानगरपालिका २१ का वडाअध्यक्ष राधाकृष्णा रौनीयार , वडा नम्बर ३० का वडाअध्यक्ष मनोज यादव , कृष्णा फाउन्डेसनका प्रतिनिधि प्रकाश यादव लगायतकाको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार