Logo

२९ फागुन, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ ।गएराति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल विजयी भएको हो ।

जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ ।तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ ।

गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा वेस्टह्याम र एस्टोन भिल्लाले एक एक गोलको बराबरी खेलेका छन् भने न्यूक्यासलले वुल्भ्स्लाई २–१ गोल अन्तरले हराएको छ । एजेन्सी


सम्बन्धित समाचार