Logo

३० फागुन,वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को चौथो खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर विजयी भएको छ ।परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा केबिए ग्लोबल बिएफसी चितवनलाई जनकपुर स्पोर्ट क्लब जनकपुरले हराएको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा केबिए ग्लोबल बिएफसी चितवनलाई २–३ गोल अन्तरले पराजित गर्दै जनकपुर स्पोर्ट क्लब जनकपुर विजयी भएको आयोजक क्लबका सचिव ध्रुप मण्डलले जानकारी दिए ।
खेलको म्यान अफ दि म्याच जनकपुर स्पोर्ट क्लब जनकपुरका जर्सी नम्बर २० का खेलाडी राकेश यादवले पाएका थिए । उनलाई स्थानीय समाजसेवी युवा बृजकिशोर यादवले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।

९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले दुई दुई गोलको बराबरी खेलेका थिए ।
त्यसपछि दोस्रो हाफको मध्यान्तरमा जनकपुर स्पोर्ट क्लब जनकपुरका जर्सी नम्बर २० का खेलाडी राकेशले आफ्नो दोस्रो गोल गर्दै आफ्नो टिमलाई झन अगाडि बढाएका थिए ।

दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दापनि केबिए ग्लोबल बिएफसी चितवनका खेलाडीले गोल फर्काउन सकेनन् ।
त्यसपछि खेललाई जनकपुर स्पोर्ट क्लब जनकपुरले आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् । भोली हुने पहिलो सेमिफाइनल खेलमा आयोजक परवानीपुर युथ क्लब परवानीपुर र वीरगन्ज युनाइटेड वीरगन्ज बिच हुनेछ ।

प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।


सम्बन्धित समाचार