Logo

१ चैत,वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाईटेड क्लब वीरगन्ज जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ ।

परवानीपुर खेल मैदानमा आयोजक परवानीपुर युथ क्लब परवानीपुरलाई हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्ज फाईनलमा प्रवेश गरेको हो ।प्रतियोगिता अन्तर्गत आज भएको खेलमा परवानीपुर युथ क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड फाईनलमा प्रवेश गरेको आयोजक क्लबका उपाध्यक्ष रवि रामले जानकारी दिए ।

खेलको म्यान अफ दि म्याच परवानीपुर युथ क्लब परवानीपुरका जर्सी नम्बर ८ का खेलाडी मुन्ना चौधरीले पाएका थिए ।
उनलाई आयोजक क्लबका पदाधिकारी र सदस्यहरुले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए । ९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए ।

सुरु देखि नै रोमान्चक भएको खेलमा गोल हुन सकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । दोस्रो सेमिफाईनल खेलमा गोरखा फुटबल क्लब सर्लाही र जनकपुर स्पोर्ट क्लब जनकपुर भिड्ने छन ।

प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी थिए ।प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।


सम्बन्धित समाचार