Logo

१० चैत,वीरगञ्ज । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले निमार्णाधिन सिमरा रंगशालाको अधुरो काम आफ्नै कार्यकालमा पुरा हुने बताउनुभएको छ ।

१३ औँ जीतपुरसिमरा गोल्डकपको उद्घाटन समारोहमा श्रेष्ठले निमार्णाधिन अधुरो सिमरा रंगशालालाई सम्पन्न गर्ने आफूले अवसर पाएको बताउनुभयो । सिमरा रंगशाला र यस आपसापको क्षेत्रका अधुरा सडक पूर्वाधारहरुलाई सम्पन्न गर्न आफूले पर्यटन मन्त्री र क्यानका प्रमुखसँग कुरा गरिसकेको उहाँको भनाई छ । आगामी वर्षसम्म सबै काम सम्पन्न हुने उहाँको प्रतिवद्धता छ ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा पनि निमार्णाधिन अधुरो सिमरा रंगशाला सम्पन्न गर्नका लागि ध्यानाकर्षण गरेको जानकारी दिनुभयो । उपत्यका बाहिर पोखरा, विराटनगरपछि सिमरामा पनि रात्रीकालिन खेल हुँदै आएकोले एन्फाले पनि यस्लाई गम्भीर ढंगले हेरेको श्रेष्ठले बताउनुभयो ।


सम्बन्धित समाचार