Logo

१३ चैत्र, बारा । बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडलाई हराउँदेँ डिफेण्डिङ च्याम्पियनन्युरोड टिम एनआरटी सेमिफाईनलमा प्रबेश गरेको छ ।डिफेण्डिङ च्याम्पियनन्युरोड टिम एनआरटी १–० को संघर्षपूणर् जितनिकाल्दै सिमरामा जारी १३ औं जगदम्बाजीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमाप्रवेश गरेको हो ।

बीरगञ्जयूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागिएकमात्र निर्णायकगोल अशोक थापाले गर्नुभएको थियो । खेलको २९ औं मिनटमा कृतिश रत्नचुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।घरेलु दर्शकको समर्थन पाएको बीरगञ्जयूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्नपुगे ।

विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुतग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेलेपनिबीरगञ्जले स्कोर बनाउन सकेन ।एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायकगोल गर्नुभएका अशोक थापा खेलको म्यान अफ दिम्याच घोषित हुनुभयो । उहाँले दशहजार नगद सहितट्रफि प्राप्त गर्नुभयो । प्रतियोगिताअन्तर्गत सोमबार सातदोबाटो युथक्लब र हिमालयन शेर्पाविच तेश्रो क्वाटर फाइनल खेल हुनेछ ।


सम्बन्धित समाचार