Logo

२५ चैत, वीरगञ्ज । नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेज प्रालि र चितवन सौराहास्थित होटल सेभेन स्टार प्रालिले संस्थागत सल्लाहकारको सेवा लेनदेनको विषयमा द्विपक्षिय सम्झौता गरेको छ ।

काठमाण्डौको बत्तीसपुतलीस्थित होटल द्वारिकामा हिजो साँझ आयोजित कार्यक्रममा फाईनान्सियल सर्भिसेज र होटलले सम्झौता गरेको हो । नेशनल एकेडेमीको तर्फबाट कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध संचालक माधब दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आगामी बैशाख पहिलो हप्ताबाट संचालन हुने नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेजले बैकं वित्तिय संस्था, बीमा कम्पनी, सहकारी, धितोपत्र कम्पनी, मर्चेन्ट बैकंर, भेन्चर क्यापिटल तथा सबै प्रकारका उद्योग व्यवसायलाई सहयोग पुग्ने गरि काउन्सेलिङ, कन्सलटेन्सी र कोचिगंङ तालिम प्रदान गर्ने उद्देश्य राखेको छ ।

देश विश्वव्यापी रुपले आर्थिक मन्दीको चपेटामा पर्दै गएको छ । उद्योग व्यवसाय सञ्चालन हुन नसकी अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैंक तथा वित्तिय सस्थांको खराब कर्जा (ऋण) समेत भयावह रुपले बढ्दो छ । यस्तो कठिन समयमा पूर्व सफल र विशेषज्ञ बैँकर्सको टिम बनाएर सबै प्रकारका उद्योग व्यवसाय र सस्थांलाई आवश्यक सल्लाह एवम् सुझाव कम्पनीले प्रदान गर्ने जनाएको छ ।

कम्पनीमा नेपाल बैकं, कृषि बिकास बैकं र बिमा समितिका पूर्व प्रमुख चार्टर्ड एकाउन्टेन्ट देवेन्द्र प्रताप शाह, महालक्ष्मी फाईनान्स, महालक्ष्मी बिकास बैकं, नेपाल लाईफ, एशियन लाईफ, नेपाल बिमा संघका पूर्व प्रमुख रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाईनान्स, युनाईटेड फाईनान्स, सिद्धार्थ बिकास बैकंका पूर्व प्रमुख अजय कुमार मिश्र तथा अन्य अनुभवी अधिवक्ता, चार्टर्ड एकान्टेन्ट, बिमा विज्ञ, लघुवित्त विज्ञ, सञ्चार उद्यमीको दिम बनाएर कारोबार सञ्चालन गर्ने बताईएको छ ।

नेशनल एकेडेमीले होटल सेभेन स्टारको अपग्रेडेसन, कारोबार र क्षमता विस्तार, लगानी श्रोतको व्यवस्थापन, पब्लिक लिमिटेड कम्पनीमा लगेर सर्वसाधारणलाई सेयर निष्कासन, होटलको सिस्टम डेभलपमेण्ट लगायतको काममा सल्लाह दिने नेशनल एकेडेमी फर फाईनान्सका अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार