Logo

८वैशाख,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालय पकडिया बडनिहारमा भएको आर्थिक अनियमितताको विषयलाई लियर अख्तियार दुरुपयोग अनुसंधान आयोग मकवानपुरले चासो देखाएको छ ।

जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद चौधरी, सहायक प्रअ डिल्लिराम आचार्य र कार्यालय सहायक करार शिक्षक लेखापाल शिवनारायण चौधरीको नाममा मकवानपुरस्थित अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालयले पर्सागढि नगरपालिका कार्यालयलाई पत्राचार गरेको छ ।

उनीहरुले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको र सरकारी तलबभत्ता बाहेक विभिन्न बहानामा दोहोरो तलबभत्ता खाने गरेको उजुरी परेको छ । साथै प्राविधिक शिक्षा तर्फ बिधालय गुणस्तर सुधार कार्यक्रम अन्र्तगतको रकम समेत प्रधानाध्यापक चौधरी र प्राविधिक शिक्षाका टेक्स संयोजक तपेश्वर प्रसाद यादवले मिलेमतोमा रकम हिनामिना गरेको उजुरीको आधारमा राय सुझाव सहितको आवश्यक कागजात प्रमाणित प्रतिलिपी सहित ७ दिन भित्र पेस गर्न पत्राचार गरेको हो ।

अख्तियारले नगरपालिकालाई पत्राचार गरेपछि पालिकाले विद्यालयलाई समेत पत्राचार गरिसकेको बताईएको छ । पछिल्लो समय जनता माध्यमिक विद्यालयमा गुणस्तर शिक्षा र आर्थिक हिनामिनाको विषयलाई लिएर स्थानियबासीहरुले चर्को आवाज उठाउदै आएका छन् ।


सम्बन्धित समाचार