२६ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्दैछिन्। यस क्रममा चार जना नयाँ मन्त्री नियुक्त हुने भएका छन्।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई नयाँ मन्त्री बनाइँदैछ। नयाँ मन्त्रीहरूलाई विभागीय जिम्मेवारी यस प्रकार दिइने तयारी छ: श्रद्धा श्रेष्ठ – महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईं – वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारी – श्रम मन्त्रालय, र कुमार इङ्नाम – भूमि मन्त्रालय।
नयाँ मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे हुनेछ। यसअघि प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १० सदस्यीय थियो। पछिल्लो पटक, ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरी १० सदस्य पुर्याइएको थियो, जसअन्तर्गत डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए।
चौथोपटक मन्त्रिपरिषद् विस्तार भएपछि यसको संख्या १४ सदस्यीय हुनेछ।














