Logo

१० वैशाख,बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको बेला बारा २ का सीमावर्ती गाउँमा आफूलाई समेत जान नदिएको गुनासो गरेका छन् ।

अध्यक्ष राउतले संञ्चारहरु सँगै भारत सिमासँग जोडएको पचरौता नगरपालिका ४ बेलदारीमा जनमत पार्टीका कार्यकर्तालाई मात्र नभएर आफूलाई पनि प्रचार प्रसार गर्न समेत जान नदिएको गुनासो गरेका हुन् ।मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष राउतले सञ्चारकर्मीसँग भने, ‘जसपासँग प्रशासन मिलेको छ । हाम्रो कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको छ, अनी कसरी निष्पक्ष निर्वाचन हुन्छ रु म राष्ट्रिय अध्यक्ष हुँदा पनि केहि गाउँमा जानसक्ने अवस्था छैन ।’

देवतालको झिटकैया बुथमा मतदाताको सहमतीमा अरु व्यक्तिले पनि मतदान गर्न पाउने निर्णय जर्वजस्ती गराएको पनि उनले बताए । उनले भने– यो निर्णय बुथकब्जा गर्नकै लागि गरिएको छ ।’ सुरक्षाकर्मीसँग पटक पटक सुरक्षा माग्दा नदिएको उनको गुनासो छ । उनले प्रशासनको मिलोमतोका कारण बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने उनको भनाई छ ।


सम्बन्धित समाचार