Logo

११ वैशाख, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा– २ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको छ । बारा– २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै उहाँले मतगणनाको लाइभ गर्न माग गर्नुभएको हो ।

अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै बारा–२ मा मतगणना स्थलको लाइभ हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सप्तरी–२ मा आफूहरुले भोगेको घटनाहरुको स्मरण गर्दै हार्न थालेपछि जसपाले भित्र नै उत्पात र दंगा मच्चाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको कुरा उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सो समयमा प्रहरी प्रमुखको समेत मिलेमतो थियो । बारा– २ मा सुवर्ण गाउँपालिकाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ ।
आइतबार बारा– २, चितवन २ र तनहुँ– १ मा उपनिर्वाचन भएको थियो ।


सम्बन्धित समाचार