Logo

११ वैशाख,बारा । बारा प्रतिनिधि सभा क्षेत्र २ मा भएको उपचुनावमा जसपाका उपेन्द्र यादव र जनमतका शिवचन्द्र कुशवाहाबिच कडा प्रतिष्पर्धा देखिएको छ ।

केहि समय अघिको मत परिणाम अनुसार जनता समाजवादी पार्टीका उपेन्द्र यादवले लिड गर्नुभएको छ । यादवले १ हजार ८७२ मत सहित लिड गर्नुभएको हो । यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १ हजार ६६१ मत सहित यादवलाई पछ्याउदैँ हुनुहुन्छ । एमालेका पुरुषोत्तम पौडेलले ७२९ प्राप्त गर्नुभएको छ ।

एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले छ ।


सम्बन्धित समाचार